top of page

विद्यालयको ऐतिहासिक पृष्ठभूमीः

        वि.सं.२००७ सालको प्रजातन्त्र प्राप्ति पछि नेपालमा शिक्षाको विकासका लागी ठाउँ–ठाउँमा विद्यालय खोल्ने र नियमित पठन पाठन गराउने क्रम बढदो रुपमा अगाडि बढेको ऐतिहासिक अध्ययनले बताउँदछ । यसै क्रममा भारतबाट आउनु भएका परमानन्द स्वामीजी नाम गरेको व्यक्तिले अर्नाहा गा.वि.स. वार्ड नं. ९ का समाजसेवी बलभद्र मिश्रलाई शिक्षाको विकास र विस्तारको चाहनामा जिज्ञासू बनाई वहाकै अग्रसरतामा २००७ साल देखि बलरा–२, सर्लाहीका राजेन्द्र प्रसाद श्रीवास्तवको घरमा गुरुकुल शिक्षा सञ्चालन भयो । पछि बलधद्र मिश्रले सम्पूर्ण गाउँलेलाई भेला गराई सर्वसम्मतबाट सोही गुरुकुल संस्थालाई २०११ सालमा श्री राष्ट्रिय जनता प्रथमिक विद्यालय नामाकरण गरि शैक्षिक गतिविधिमा अगाडि बढदै आएको यस श्री राम सखी मोहित सिंह जनता मा.वि. स्थापना कालदेखि आफ्नो विभिन्न बाधा व्यवधानहरुलाई हटाउँदै छुटै विशेषताका साथ सर्लाहीको एउटा उच्च शिक्षा दिन सक्षम शैक्षिक धरोहरका रुपमा वर्तमान अवस्थामा स्थापित भएर रहेको छ । स्थापना कालमा करिब २०–२५ विधार्थी संख्या र १ जना शिक्षाको व्यवस्था रहेको यस विद्यालयमा पुनः दुईजना शिक्षक संख्या थपगरी तीनजना शिक्षकहरुको व्यवस्था भयो । जसमा प्रधानाध्यापक श्री राजेन्द्र सिंह वहां संस्थापक प्रधानाध्यापक पनि हुनुहुन्थ्यो ।

        २०७१ सालपछि कक्षा पाँच सम्म संचालनमा ल्याई शिक्षकको संख्यामा पनि वृद्धि गरि ५ जना शिक्षकको व्यवस्था गरियो भने निजहरुको तलव भत्ता सरकारी अनुदान स्वरुप वार्षिक रुपमा प्रदान गरिन्थ्यो विद्यार्थी तथा शिक्षकहरु बस्नका लागि फर्निचर तथा भौतिक सुविधाको व्यवस्था कमजोर थियो । सो अवस्थामा सुकुल तथा बोरो आछयाएर अध्ययन अध्यापन गराउनु पर्ने वाध्यात्मक अवस्था रहेको थियो । राष्ट्रिय शिक्षा पद्धितिको योजना लागु हुँदा कक्षा तीन सम्म मात्र पठनपाठन गराउन सकिने गरी श्री जनता प्रा.वि.बलरा नामाकरण भएको यस विद्यालयले २०४० सालतिर इट्टाको पर्खाल तथा खपडाको छाना भएको केही व्यवस्थित भवनमा कक्षा संचालन गर्न समक्ष भयो । तकालिन विद्यालय सेक्रेटरी (अध्यक्ष) मोहित सिंहको २०४८ सालमा देहान्त भएपछि २०५१ सालमा सुर्यकान्त मिश्र (ललन जी) को सक्रियतामा स्व.मोहित सिंहका जेठा छोरा डा.रामाधार सिंह ज्यूले रु. ५ लाखको सम्पति विद्यालयको नाउमा दिई जि.शि.का.सर्लाहीको च.नं.४२८ मिति २०५२÷०५÷२६ को पत्रानुसार यस विद्यालयको नाम श्री रामसखी मोहित सिंह जनता प्रा.वि.बलरा–५, सर्लाही राखियो भने तत्कालिन गा.वि.स.अध्यक्ष सुर्यकान्त मिश्र (लनजी) को नेतृत्वमा बाढी पिडित राहतको लागि पाएको रकमबाट प्रति परिवार रु.१००० का दरले सहयोगार्थ रु.८८ हजार संकलन गरी विद्यालयको भवन निर्माण तथा अन्य आवश्यक कार्यमा खर्च गरिएको थियो । विद्यालय विस्तार तथा विकासकै क्रममा जि.शि.का.सर्लाहीको च.नं.५७० मिति २०५३÷०५÷११ को पत्रानुसार कक्षा–६ संचालनको अनुमति पाएपछि विद्यालयलाई श्री रामसखी मोहित सिंह जनता नि.मा.वि.नामाङकन गरिएको थियो ।  जि.श.का.सर्लाहीको च.नं.१२९८ मिति २०६१÷०१÷१० को पत्रानुसार कक्षा–९ संचालन गर्न अनुमति लिई विद्यालयको नाम श्री रामसखी मोहित सिंह मा.वि.बाट २०६३ पछि हाल यस विद्यालयको नाम रामसखी मोहित सिंह जनता मा.वि.बलरा–५ बाट सर्लाही जिल्लामै प्रख्यात भएको छ । स्थापना कालदेखि यस विद्यालयमा श्री राजेन्द्रसिंह, श्री सितल सिंह, श्री बद्रीनारायण सिंह (दुई पटक), श्री रामाशीष महतो, श्री रामचन्द्र महतो, श्रीराम कुमार शर्मा प्रधानाध्यापक भई कार्यभर सम्हाले सक्नु भएको छ भने हाल श्री विरेन्द्र झा प्रधानाध्यापकको रुपमा रहि नियमित रुपमा विद्यालय संचालन कार्यलाई लागि परेर अगाडि बढाई राख्नु भएको छ । त्यस्तै विद्यालय व्यस्थापन समिति तर्फ स्थापना कालदेखि हालसम्म क्रमशः प्रथम सेक्रेटरी श्री बलभद्र मिश्र दोस्रो र तेस्रो सेक्रेटरी श्री मोहित सिंह अध्यक्ष देवेन्द्र प्रसाद सिंह र हाल डा.कमलेश्वर सिन्हा अध्यक्ष पदमा रहि यस विद्यालयको भौतिक तथा भौतिक विकासको लागि महत्वपूर्ण योगदान गर्दे आउनु भएको छ । यस विद्यालयको शैक्षिक तथा मौतिक विकासका लागि वहाँहरु सबैको अमूल्य योगदान रहेको छ भने हाल नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा रहेको छ ।

        स्थापना कालमा एकजना शिक्षक मार्फत एउटा व्यक्तिको घरबाट सुरुवात भएको यस विद्यालयमा  यस विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि पूर्व तथा वर्तमान प्रधानध्यापकहरु, शिक्षकहरु, अध्यक्ष ज्यूहरु, अभिभावक ज्यूहरु श्री डा.रामाधार सिंह, डा.कमलेश्वर सिन्हा, श्री बैद्यनाथ महतो, डा.अमरेश कुमार सिंह सम्पूर्ण स्थानिय शिक्षा प्रेमी तथा समाजसेवी गाउँवासीहरुको जग्गादाता, चन्दादाता, अविस्मरणिय भूमिका रहेको छ । निकट भविष्यमै यस क्षेत्रमा सामुदायिक क्याम्पसको स्थापना र पठन पाठनको व्यवस्था गर्ने उद्देश्य पनि यस विद्यालयले राखेको छ । सुकुल र बोरा विछायाएर अधययन अध्यापन सुरु गरेको यस विद्यालयले हाल सुविधा सम्पन्न भवनमा सर्व सुलभ ढङ्गले आधुनिक पद्दतिबाट अध्यापन क्रियाकक्षापलाई नियमिति रुपमा अगाडि बढाउँदै स्थानिय स्तरमै शिक्षा प्रादन गर्दै आइरहेको छ । हाल आएर यो विद्यालय (ASPnet) सँग आवद्व भएको छ । यस विद्यालयमा २०० मान्छे बस्ने मिटिङ्ग हल जि.वि.स.बाट बन्ने भएको छ । हाल आएर यो विद्यालय UNESCO Associated School Project Network (ASPnet)  सँग आबद्ध रहेको छ । E-village Center को केन्द्र पनि छ ।

                                                                                                              धन्यवाद

Founder

Ramadhar Singh, ph.D. (Purdue)

FAPA, FAPS, FSBPsS, FSPSP, FNAoP (India)

Distinguished Professor of Management

Indian Institute of Management Bangalore, India

Homepage: http://www.iimb.ernet.in/user/177/ramadhar-singh

Faces and Minds of Psychological Science:

http://www.psychologicalscience.org/index.php/members/phychological-Scientists#singh

Top Thinkers in Mind, Brain, and Behavior:http://cognobytes.org/2015/06/07/ramadhar-singh

Past, Present, and Future of Education at Balara

 

Imparting education not only enlightens the receiver but also broadens the giver-the teacher, the parents, the friends.

Amartya Sen (Born: November 3, 1933); 1998 Nobel Laureate in Economic Sciences

 

                                                   Past and Present

During my childhood in Balara, I witnessed a great enthusiasm for education among my villagers. Around the age of 4, I attended an informal school run by Ram Chandra Prasad (i.e.,Sikkilal),his younger Ambika Prasad, and their father Sarjug Prasad at the Bungalow of Srikant Jha in Balara got. Later on, I saw a formal School built by the villagers at the then Balara Bazar. Unfortunately, that school built up to the roof because dysfunctional due to rivalries between people of different tols of Balara!

The formal education was launched by the then His Majesty Government of Nepal In 1955. Rajendra Sing led that school at the Bungalow of Tharulal in Balara south tol. Given the increase in the number of students, the school was then shifted to the Bungalow of Balbhadra Mishra in another tol of Balara. Rajendra Singh identified the present site; Ram Nandan Jha of Laxipur okas donated logs; and Sheetal Prasad Singh built the infrastructures with the active indulgence of Balbhadra Mishra. Although the senior citizens in the village demonstrated great enthusiasm for education, some of the nest generation villagers tried to disturb the functioning of the school and even stole the black boards, handles of the hand pipe, and wooden pollars of the school building. Nevertheless, the Janta Primary School continued to function and educate boys and girls of Balara and neighboring villages.

Since the mid-1990s, there have been dramatic developments in educational opportunities in Balara. The Primary School was upgraded to Lower-Secondary in 1996, to secondary in 2005, and to Higher Secondary in 2008. Efforts are also on way to turn the present institution into a degree-granting one. These developments were facilitated by land and monetary donations from the sons of Ram Sakhi and Mohit Singh, education-enthusiasts from Balara and the neighboring villages, and leadership of Surya Kant Mishra, Kamleshwar Kumar Sinha, and Amresh Kumar Singh, to mentjon a few. Contributions of Amresh deserve emphasis because he was instrumental in obtaining the grant-in-aids from the Embassy of India in Nepal for developing the present infrastructures (i.e.;NRs 1,21,00,000 for building the Lower Secondary and NRs. 5,00,00,000 for building the Higher Secondary). On behalf of the residents of Balara and of the neighboring villages, I thank the Indian Ambassados to Nepal of those periods. It is gratifying to know that 285 boys and 179 girls successfully passed the Secondary School Exams during 2006-2014 period and 91 boys and 102 girls successfully passed the Higher Secondary School Exams during 2010-2014 period.

 

                                                                        Future

What are the challenges ahead? Running an educational institution efficiently is no less important than building it. Compare, for example, school of Balara with those of Basbitta. Most people from Balara studied at schools of Basbitta during the 1950s-1970s. School in Basbitta are nowadays in pitiable condition. Thus, each resident of Balara must first consider the schools as if they were their own properties ! They should vigilantly protect the land the existing infrastructures, and the corpus fund. Second, new initiatives have been taken to establish (i) an E-village Center through the assistance of the Department of information and Technology and (ii) a Technical and Vocational Education Centre through the assistance of the Ministry of Finance and the Ministry of Education. By Supporting and contributing to these new initiatives, we all will be paying our debts to Balara, a place where we were born and have living.

I congratulate all my fellow villagers and those of neighboring villages for the achievements made so far,  and wish them more success in continued social transformation of Balara! Development is never complete; it is always work-in-progress. Nothing is better than a good education, and only good educational institutions can turn us as rational and responsible. As Tagore rightly observed,

In educational organizations, our reason faculties have to be nourished in order to allow our mind its freedom in the world of truth, our imagination for the world which belongs to art, and our sympathy for the world of human relationship.  

                                                          Rabindranath Tagore (1961-1941); 1931 Nobel Laureate in Literature

                                                                                                                                                              Founder

dr.png

संस्थापकको तर्फबाटः

शुभ–कामना

विद्यालयको website विद्यालय तहमा बनाइने एउटा आवधिक योजना हो । यसमा विद्यालयको

वर्तमान स्थितीलाई दर्शाउदै भविष्यमा चाहिने भौतिक अवस्था, सिकाई उपलब्धि र विद्यालयको

आन्तरिक क्षमता लगायतका सबै पक्षको सुधारलाई लक्षित गरी योजना प्रस्तुत गरिन्छ । यस

किसिमका पक्षहरुलाई समेटेर श्री रामसखी मोहित सिंह जनता उ.मा.वि.बलरा, सर्लाहीले

Website तयार गर्न लागेको सुन्दा हर्षित भएको छु ।

विद्यालय स्थापनाको क्रममा सर्लाही जिल्ला अर्नाहा गा.वि.स. निवासी स्वर्गीय बलभद्र मिश्र, बलरा निवासी स्व. मोहित सिंह, स्व. सुर्यकान्त मिश्र र प्रा. डा. रामाधार सिंहको देन सराहनीय छ भने हालको स्थितिसम्म पुर्याउने यस क्षेत्रका शिक्षाप्रेमीहरु र विद्यालय विकासको लागि रु.२२,५५,७७०।– (बाइस लाख पचपन्न हजार सात सय सत्तरी) सहयोग रकम दिने दाताहरुको पनि उत्तिकै योगदान रहेकोले सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछु । नेपालस्थित भारतीय दुतावासले दुई पटक सहयोग गरी विद्यालय भवन निमार्ण गराई दिएकोले भारत सरकार, विद्यालयलाई सूचना प्रविधि मैत्री वातावरण बनाउनमा सहयोग गर्ने एभरेष्ट बैँक, लाजिम्पाट, काठमाण्डौ तथा विद्यालय परिसरमा वृक्षारोपण गराई हराभरा वातारण बनाउनमा सहयोग गर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय प्रति हार्दिक आभार व्यक्त गर्दछु । बलरा न.पा. लाई E-village बनाउन निर्णय गरी उक्त कार्य सम्पादनको जिम्मा यस विद्यालयलाई दिनु भएकोमा सूचना प्रविधि विभागका महानिर्देशक श्री वीरेन्द्र कुमार मिश्रज्यूलाई आभार व्यक्त गर्दछु ।

यस विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिको लागि विभिन्न क्रियाकलाप गरी निम्न तीन पक्षहरु तर्फ ध्यान दिन आवश्यक ठानेको छु । अभिभावकहरुलाई शिक्षा प्रति जागरुक गराई आफ्ना बालबालिकालाई शिक्षा पाउनको लागि सक्रिय गराउन, विद्यालयमा छात्रावासको व्यवस्था हुन र “यो विद्यालय हाम्रो हो हामीले चाहेमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ” भन्ने शिक्षकमा भावना विकास गराउन ।

युनेस्कोसँग आवद्ध भई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउँदै लगेको यो विद्यालयका हाल कार्यरत प्रधानाध्यापक श्री बीरेन्द्र झाको नेतृत्व, शिक्षक तथा विद्यार्थीहरु र यस क्षेत्रका शिक्षा प्रेमीहरुको आवश्यक सहयोगले यस क्षेत्रकै शिक्षाको स्रोत केन्द्रको रुपमा विकसित हुनेमा विश्वस्त छु र यसमा लागि शुभ–कामना व्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

                                                                                                                                               मितिः २०७८-०६-०१                                                                                                                                                                   डा. कमलेश्वर कुमार सिन्हा

                                                                                                                                                      संस्थापक

                                                                                                                                                    ९८५११४२१४२

dr.png
Anchor 1

प्रधानान्यापकः

      विद्यालयको भौतिक विकास, जनशक्ति विकास तथा व्यवस्थित तरिकाले आर्थिक स्रोत जुटाई अधिकतम

उपयोगको लागि योजनावद्ध तरिकाले अगाडि बढ्न आवश्यक हुन्छ । योजनावद्ध तरिकाले सञ्चालन

गरिएको शैक्षिक कार्यक्रमबाट शिक्षण सिकाई प्रभावकारी भई विद्यार्थी सिकाई उपलब्धी अभिवृद्धीमा टेवा

मिल्छ । प्रस्तुत सन्दर्भलाई मध्यनजर गरी विगतका कमी कमजोरी समेतलाई केलाएर भावि कार्यक्रमहरुलाई

समेटी बालबालिकालाई केन्द्र बिन्दु बनाएर यो Website तयार पारिएको छ ।

    प्रस्तुत विद्यालय सुधार योजना विद्यालयको सम्पूर्ण पक्षको विकासलाई मध्यनजर गरी निर्माण गरिएको छ ।

यसमा विद्यालयको वर्तमान अवस्थाको चित्रण, भविष्यको लक्ष निर्धारण र त्यसको प्राप्तिका लागि तयार

पारिएका रणनीतिहरुलाई समेटिएको छ । विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, स्थानीय बुद्धिजीवि, स्थानीय

राजनैतिक दलका प्रतिनिधि, शिक्षा सम्बन्धी गैर सरकारी संस्था लगाएतका सरोकारवालाहरुबाट प्राप्त सुझाव एवम् पृष्ठपोषणको आधारमो Website ले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग पुर्याउने अपेक्षा एवं विश्वास मैले राखेको छु ।

यस विद्यालयको इतिहास अर्धशताव्दी भन्दा लामो भएता पनि विकासका दृष्टिकोणले करिब एक दशक अगाडिबाट गतिशिलता प्राप्त गरेको देखिन्छ । त्यसो भन्दैमा विद्यालयको गतिविधि न्यून रहेको भन्न मिल्दैन तर शैक्षिक वातावरण तथा भौतिक पूर्वाधारको निर्माण र शिक्षण क्रियाकलापका दृष्टिले समयको क्रमसँगै पछिल्लो समयमा दुत गतिमा फड्को मार्दै अगाडि बढेको कुरालाई नकार्न सकिदैँन । यस विद्यालयको विकास कार्यमा निरन्तर रुपमा सहयोग र सल्लाह सुझाब दिनुहुने अभिभावकहरु, शिक्षाप्रेमीहरु, आर्थिक सहयोगदाताहरु, शिक्षकहरु तथा पुर्व प्राधानाध्यापकहरु समेत सबैलाई आभार व्यक्त गर्दछु ।

      म यसै न.पा.वडा नं. ४ मा जन्मिएको, हुर्किएको र यसै विद्यालयमा प्राथमिक शिक्षा हासिल गरी आज यस मा.वि.को प्राधानाध्यापकको रुपमा स्थापित हुँदा हर्षित छु । म रौतहटको एक विद्यालयमा प्रधानाध्यापक थिँए। तर स्थानीयवासीहरु एवम् शिक्षाप्रेमीहरुको आग्रहमा जिल्लान्तर सरुवा भई आएँ र विविध कारणले असजिलो परिस्थितिबाट गुज्रीरहेको यस विद्यालयलाई अभिभावक र शिक्षकहरुको सहयोगमा शैक्षिक गुणस्तर अभिवृद्धि गराउने बाटोमा आउन लागेको छ । आगामी पाँच वर्षमा यस विद्यालयलाई जिल्लाको मात्र नभई देशकै प्रभावकारी विद्यालय (Effective School) को रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । यस प्रतिवद्धतालाई पुरा गर्नमा यस क्षेत्रका वासिन्दाहरु, शिक्षाप्रेमीहरु, अभिभावकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु ।

धन्यवाद

                                                                                                                                                   वीरेन्द्र झा

                                                                                                                                                 प्रधानाध्यापक

                                                                                                                                    श्री रामसखी मोहित सिंह जनता    

                                                                                                                                           मा.वि बलरा–४, सर्लाही

                                                                                                                                  मो.नं.९८५५०२५८८८,०४६–४२००२५

Vision & Values

  • Be Kind

  • Be Respectful

  • Be Responsible

  • Work Hard

  • Have Fun

STAFF DIRECTORY

I'm a paragraph. Click here to add your own text and edit me. It’s easy. Just click “Edit Text” or double click me to add your own content and make changes to the font. 

Mr. Williams

PRINCIPAL

info@mysite.com

123-456-7890

Ms. Judy

TEACHER -

SOCIAL STUDIES

info@mysite.com

123-456-7890

Ms. Bailey

ASSISTANT PRINCIPAL

info@mysite.com

123-456-7890

Mr. Anderson

TEACHER - MATH

info@mysite.com

123-456-7890

Ms. Miller

PARENT COORDINATOR

info@mysite.com

123-456-7890

Ms. Young

TEACHER -
PHYSICAL EDUCATION

info@mysite.com

123-456-7890

Ms. Allen

SECRETARY

info@mysite.com

123-456-7890

Ms. Garcia

TEACHER -SCIENCE

info@mysite.com

123-456-7890

bottom of page